I read this post in Ekantipur.com.
What does this ring in your head??
विदेशीले देखेको ढुङ्गेयुग
विनिता दाहाल
दसदिने 'शान्ति र विकासका लागि महिला पदयात्रा' कार्यक्रमकी प्रवक्ता रहेकी थिइन्, पत्रकार जोजे । कसैस“ग पनि खुलेर कुरा गर्न नचाहने उनी, मैले जान्न चाहेपछि भने आफ्ना विचार व्यक्त गर्थिन् । विगत २५ वर्षेखि उनी क्यानाडाको मन्टि्रयाल सहरकै एक नाम चलेको म्यागाजिनमा पत्रकारको रूपमा काम गर्ने थाहा पाए“ । उनी त्यहींको एउटा अर्को पत्रिकाकी स्तम्भकारसाथै नाम चलेकी ब्लगर पनि रहिछन् । नेपाल कस्तो लाग्यो भन्ने मेरो प्रश्नमा उनले भनेकी थिइन्, 'म अहिले ९५ वर्षघि -१९१३/१४) नेपाल भ्रमण गरेर आफ्ना अनुभवबारे लेख्ने महान लेखिका एलेक्ज्यान्डर डेबिड निल -उनलाई लेडी लामा भनेर पनि चिनिन्छ) को 'द हर्ट अफ हिमालयज' पढ्दैछु । सहरी क्षेत्र बाहेकको म्याग्दीजस्तो विकट गाउ“मा अहिले पनि किताबमा लेखिएको स्थितिभन्दा परिवर्तन खासै पाइन । परिवर्तन यतिमात्रै हो कि त्यो बेला नेपाल छिर्नका लागि विदेशीहरूलाई अनुमति थिएन । तर अहिले नेपाल धेरै मात्रामा आर्थिक रूपमा पर्यटकको भर पर्ने गरेको रहेछ ।'
उनले नेपाल पर्यटन व्यवसायमा यति धेरै निर्भर हुन नहुने पनि बताइन् । अप्रिल २२ तारिखका दिन मनाइने 'पृथ्वी दिवस'का लागि कुबेक सहरमा प्रवक्ताको रूपमा काम गर्ने उनले पर्यटन व्यवसायको तत्कालका लागि हुने फाइदामात्रै नहेरी भविष्यमा देखापर्ने बेफाइदापट्ट िपनि हर्ेनपर्ने बताएकी थिइन् ।
पत्रकार जोजेलाई क्यानाडा फर्किएपछि नेपालबारे कस्तो लेख लेख्छौ भन्ने प्रश्न गर्दा उनले सोचेको शर्ीष्ाक सुनाइन्, 'नेपाल स्टिल इन द स्टोन एज' । कुइने भन्ने गाउ“मा हामीलाई स्थानीय गाउ“लेले कसरी मानिस बिरामी हु“दा धामी-झा“क्री लगाउ“छन्, केही वर्षअघिसम्म कसरी उनीहरू निगालोका कलम बनाएर लेख्थे र अल्लोको बोक्राबाट कसरी नेपाली कागज बनाउ“छन् भन्नेजस्ता पर््रदर्शनी गरेर देखाएका थिए । यो पर््रदर्शनीलाई अन्य पदयात्रीले चाख लिएर हेरे पनि जोजेको राय बुझ्दा, उनलाई यी गाउ“ले सा“च्चै ढुङ्गेयुगमै छन् भन्ने लागेको बताइन् ।
उनकै मुलुकका अन्य सहभागीले यसरी ढुङ्गेयुग भन्न नहुने बताएपछि भनेकी थिइन्, 'चाख लिएर एकछिन हेरेर भावनामा बग्नु र यी गाउ“लेकै परिवेशमा बा“च्नुमा धेरै अन्तर हुन्छ ।' हुन पनि हो, यहा“का मानिसलाई राम्रो उपचारका लागि कोसौं टाढा पुग्नर्ुपर्छ । बाटोघाटोको व्यवस्था नहु“दा मान्छेहरू अकालमै मर्नुपर्ने बाध्यता छ । पढ्नका लागि साना-साना विद्यार्थी ३/४ घन्टा हि“ड्नर्ुपर्छ । द्वन्द्वको प्रभाव यी बालबालिकामा अझै पनि उस्तै देखिन्छ । जोजे भन्छिन्, 'यी बालबालिकाले उनीहरूको उमेर अनुसारको महसुस गर्नुपर्ने निर्दोषीपना नै गुमाइसकेका छन् । त्यसैले भन्न त म एकछिनका लागि बहाना गरेर देखेका र भोगेका कुरा मनपर्यो पनि भन्न सकु“ला, तर यथार्थ यही नै हो । यहा“का मानिसको चेतनाको स्तर निकै पछि छ ।'
उनले चौरखानी गाविसको अर्को पनि अनुभव सुनाइन् । एकदिन गाउ“मा एक्लै घुम्दै जा“दा उनी दलित महिलाको घरमा पुगिछन् । घरको धुरीका साना प्वालबाट धूवा“ अटेसमटेस गर्दै बाहिर निस्किएको देखेर जोजे ढोका नजिकै गएर चिहाइछन् । भित्र दलित महिला धूवा“भित्रै रुमलिएर खाना बनाउ“दै रहिछन् । अन्य घरको पनि कुरा बुझ्दा उनले गाउ“लेमा भान्छाकोठामा चिम्नी राख्नुपर्ने ज्ञान पनि नभएको पाइछन् । त्यसैले उनी भन्छिन्, 'गरिब हुनु नै सबै समस्याको कारण होइन । चेतना नहुनु सबैभन्दा ठूलो कुरा हो ।' उनले थपिन्, 'म थुप्रै गरिब र पिछडिएको मुलुकमा पुगेको छु । तर यहा“को गाउ“लेको जस्तो सानोतिनो आय हु“दाहु“दै पनि कष्टकर जीवन भोगेका मानिस भने देखेको छैन । किनकि त्यहा“ गरिबी नै भए पनि मानिसले यातायातको सेवा लिन पाएका छन् । चेतनाको स्तरमा अघि छन् ।' तर यो सबै हुनुमा नेपालीको भन्दा पनि नेपालको दोष भएको भन्न भने उनी छुटाउ“दिन थिइन् ।
म्याग्दीको बारेमा बनाउन लागिएको वृत्तचित्रकी निर्देशिका मिरियम र क्यामेरा वोमन डेबोरास“ग गाउ“मा घुम्न जा“दँ हामीले स्थानीयवासीको स्वास्थ्यस्थिति एकदमै दयनीय अवस्थाको पाएका थियौं । एक घरको आ“गनमा हामी पुग्दा स्थानीय महिला पि“ढीको थाममा अढेस लागेर रोइरहेकी थिइन् । नजिकै हामी पुगेपछि उनले आफ्नो पीडा लुकाएर हा“स्न खोजिन् । मैले के भयो दिदी भने“ । उनले पहिला केही जवाफ दिइनन् । घरमा साना छोराछोरीका साथमा उनी एक्लै बस्दिरहिछन् । ६ वर्षेखि उनलाई गलगा“ड आएको रहेछ । उनलाई आजकल पनि कहिलेकाहीं असाध्यै दुख्छ रे । अनि उपचार किन नगरेको भन्ने प्रश्नमा उनले भनेकी थिइन्, 'पैसा नभएर ।'
द्वन्द्वको समयमा गाउ“मा बस्नसक्ने अवस्था नभएर लुकिछिपी साहूस“ग ऋण गरेर श्रीमान परदेश गएका रहेछन् । ७ वर्षेखि उनी त्यहीं कुरेर बसेकी छिन्, तर श्रीमानको कुनै अत्तोपत्तो नै छैन । उनी भन्छिन्, 'साहूले घर लिलाम गर्ला भन्ने डर भइसक्यो, कुन खर्चले उपचार गर्नु । त्यसैले दुख्दा सहन्छु/रुन्छु, दुख्न छाडेपछि घरखेतको काम गर्छर्ुु' यी सबै कुराकानीलाई डेबोराले आ“गनको एक छेउबाट खिचिरहेकी थिइन् । मलाई लाग्यो, यस्तो तीतो यथार्थ उनीहरूले आफ्नो देशमा देखाउ“दा त्यहा“का मानिसलाई नेपाल र नेपाली जनजीवनबारे कस्तो प्रभाव पर्ला -
पत्रकार जोजेले म्याग्दीमात्रको १० दिन भ्रमण गर्दा त ढुङ्गेयुगमै रहेको नेपाल महसुस गरिन् भने योभन्दा विकट अन्य गाउ“ घुम्दा कस्तो पाउलिन् - यसै पनि विकासका हिसाबले नेपाल पछाडि नै परेको मुलुक थियो । झन् दशक लामो द्वन्द्वले नेपाललाई धेरै पछाडि धकेलिदियो । तर पनि नेपालीको यो विकटता र कष्टकर जीवनमा पनि सधैं मुस्कुराएर अतिथि देव भवः भन्ने उक्तिलाई चरित्रार्थ गर्ने आत्मीयता अन्य मुलुकमा पाउन नसकेको कुरा अन्य पदयात्रीसाथै जोजेले पनि प्रशंसा गरेकी थिइन् ।
Friday, April 11, 2008
Stone age???
Friday, July 13, 2007
Nepathya
I have created a blog for Nepathya..one of the biggest influence of my life. It is addressed
nepathya.wordpress.com.
For the time being I and Rinchen di are writin in it. With university exams comin ahead, I dont know how long I will keep writing there (and here also). But I am sure Rinchen di will write.. If any one else is also interested to join us..to blog about Nepathya..lemme know..
Nothng more to continue readin right?? If u are interested and think u can write abt Nepathya..come join us.
Wednesday, June 27, 2007
Its Rainin.....
राती खुब मज्जासित पनि पर्यो। दर्केरै पनि पर्यो भन्दा हुन्छ। पनि नपरेर गर्मी चढेको बेला, मौसमको पहिलो राम्रो बर्षा सबै आ-आफ्नो तरिकाले मनाउन ब्यस्त होलान। कोही पानीमा भिज्दै आईसक्रीम खाँदै घुमिरहे होलान, कोही साईकल, बाईक (जे छ तेसैमा) भिज्दै घुम्दै होलान, कोही कोठामा बसेर माटोको गन्ध मिठो मान्दै सास फेर्दै होलान। म पनि आफ्नै तरिकाले ब्यस्त नै छु, तर मेरो सर्वप्रिएे काम भनेको सुतने र बर्षाको आवाज सुन्ने हो। हुनपनि बिस्तारामा पल्टेर आँपको पातबाट र दुईतला मुनि जमिनबाट अनि जहाँसुकैबाट आउने झर्-झर आवाजको मज्जा शायदै कतै होला। झन त्यसमा'नि रातभरी पानी पर्यो भने प्रक्रितीको लोहरी सुन्दै निदाएको जस्तो अनुभव हुन्छ।
यो अनुभवसित जोडिएरआउने अर्को अनुभव भनेको समयको हो। यसरी पानी परेको दिनमा म कहिल्यैपनि समयमा उठेको छैन, उठ्न मनपनि छैन। आखिर उठेर पानीमा भिज्दै क्लास जान कस्लाई पो मन लाग्ला र? घडी हेरु? दोधारमा छु। हुनत के हेर्नु छ र, आखिर पनि नरोकीएसम्म म उठ्ने होइन। बरु guess गर्छु, भयो होला ७:१५ जति, ठयाक्कै guess भन्नु पर्दा ७ बजेर १७ मिनेट गयो होला। तर मात्रै ७:१७? पानी परेको बेला कहिल्यै पनि ठीक guess गर्याछैन।बाहिर जस्तै देखिये'नि घडीमा ८ बजि सकेको हुनपर्छ। पानी परेको बेलामा मेरो circadian rhythm कहिल्यै ठाउँमा हुँदैन। सबैको नै तेस्ताइ हुन्छ होला, सधैं टाईममै उठ्ने मेरो roommate'नि अझै मस्त निन्द्रामा छ।
आहा.... पानी झन दर्किन पो थाल्यो। क्लास जाने हो र?? एस्तो पानी परेको दिनहरु त्यस्तो धेरै आउँदैन, फेरी बिमारी'नि धेरै हुँदैनन यस्तो दिनमा त। Ug को फाईदा यही हो, चाहेको दिन चाहेको बेला कतै नगएर सुतन् पाइन्छ। अहिले पो कुनै जिम्मेवारी हुँदैन, पछि पानी पर्यो भन्दैमा सुतेर बस्न पाइने दिन कहाँ पाइएला र? बाहिर दर्केरै पानी परिरहेको छ, झ्यालबाट बछिटा हानिरहेको छ, ढोकाबाट पनि पानी केही पानी कोठाभित्र आइरहेकोछ। तर जबसम्म मेर किताब र कपडाहरु सुरक्षित छन्, केको मतलब गर्न पर्यो र? यो मौसमको पहिलो बर्षा मेरो कोठाभित्र नयाँ हावा छर्न चाहन्छ भने मलाई केको समस्या?
बर्षाको पानीमा बज्ने मकैका पात यो बिरानो ठाउँ उप्लब्ध नभए'नि कोठा अगाडि र पछाडि नीमको रुखका पात बजिरहेकैछन। कती सार्हो मीठो हुन्छ पानीले पातमा हानेको धुन कि मलाई कुनै समयपनि निद्रादेवीको काखमा सुताउन सक्छ। तर मेरो लागि सबैभन्दा मिठो धुन चाँही यो पनि होइन।
टिनको छानोमा बर्षाले बनाउने आवाज धेरैको लागि हल्ला जस्तो लग्ला तर मेरो लागि त्यो रक म्युजिक भईदिन्छ; जति ज्यादा र बेस्सरी भयो त्यतिनै मिठो र सन्तुष्टिदायक।
म कतिसम्म पागल हुन्थे त्यो धुन् सुन्नको लागि भने लगभग ६ बर्ष पहिले कोहलपुरमा डेरामा बस्दा एक् एस्तै पानी परेको दिन भएभरका भाँडा र बल्टिनहरु छतमा लगेर उल्टो पारेर राखेर भर्याङ् नजिकै बिस्तारा बनाएर सुतेकोथिये।त्यो घरमा ढलानको छत भएकोले कुनै त्यस्तो आवाज आउदैनथियो। त्यस्तो बेलामा भाँडा र बल्टिनहरुबाट आवाज निकाल्ने प्रयास थियो मेरो। मन बहलाउने बर्षाको धुन जे होस् काम चलाऊ आएकै थियो मेरो त्यो arrangementबाट।
फेरी त्यति खेर बर्षातको आफ्नै महत्व थियो।पहिलो चोटि जिन्दगीमा कोही मान्छे बिशेष लागेको बेला ति बर्षातहरु मात्रै होइन हरेक गोधुलिपनी बिशेष हुन्थे। कल्पनाको एउटा छुटै संसार थियो मेरो। घाम कहिल्यै नअस्ताउने, बर्षात कहिल्यै नरोकिने मेरो संसारको त्यो नदी सुसाउने डाँडाको भिरमा बसेर गर्जदै बगिरहेकी नदीलाई हेर्दै हामी घन्टौघन्टा बात मार्थेँउ। अनि हातमा हात गरेर त्यो चिप्लो, च्याउ उम्रिएको बाटो भएर उकाली ओरली गर्थेँु। खैर घाम उदाएर अस्ताउने, पानी परेर रोकिने यो संसारमा त्यो सम्भव थिएन,भएन।
बर्षात बद्लिएर चाडबाडको मौसम आएझै,मेरो जिन्दगी पनि बद्लिएर भिन्नै मोड लियो। ति भावनाहरु त मरिसके तर सम्झना अझै बाँकी छन्।
बर्षात सम्झनाहरुसित जोडिएको छ, कल्पनाहरुसित सम्बन्धित छ। धेरै धेरै अरु घटनाहरु पनि याद छन् तर मनमा nostalgic हुने इच्छा छैन।बाहिर पानी पारीरहेक छ। जाडो अलिक बढे जस्तो छ। खै कतिखेर तन्नामै गुटुमुटिएछु। न्यानो छ, तन्नानै भएपनि। बर्षातको धुन बजिरहेकैछ, माटोको गन्ध आईरहेकैछ। बिस्तारा चाडै नछोडिने भैयो।
यो बिदामा घर गैएन। अब अर्कोचोटि घर पुग्दा निक्कै जाडो मौसम हुनेछ, घरबाट बाहिर निक्लने, घुम्ने मौका त्यति धेरै हुने छैन। अनि अहिले जस्तै बिस्तारामा गुटुमुटिएर बस्नु भन्दा राम्रो उपाय केही हुने छैन।
बहिनीको शब्दमा "घरको पाहुना बन्न थालेको ५ बर्ष भैसकेछ। हरेक बर्ष बिचमा २-४ हप्ताभन्दा बढी घर बस्नै पाइदैन।यसरी पानी परेको बेला बसेर बहिनीसित गफ गरेकोपनि ४ बर्ष अगाडि हो। त्यतिखेर ४ बर्ष कि थिइ बहिनी, अहिले ८ बर्ष भैसकी। त्यैपनि सार्है सानी लाग्छे, म भन्दा निक्कै कान्छी भएर पनि होला। एक्ली बहिनी, त्यस्मा पनि म भन्दा १२ बर्ष कान्छी भएपछि सधैंलाई सानी भै हाली, मेरो आँखामा कहिले ठुली होली र?
अन्तिम चोटि पानी परेकोबेला दाई बहिनी बसेर गफ गर्दा कालीले के के सुनाए'की थि। त्यतिखेर नै मलाई घर बाहिर बसेर राम्ररी पढ्नलाई प्रेरणा दिएको थिइ। अनि गाउँमा रक्सीले मान्छे बिग्रेका कुराहरु सुनाउ'थि। मेरो लागि सानी फुच्ची देखिएपनि गजबको परिपक्क छे। हरेक कुराको आफुलाई पायक पर्ने बिश्लेषण निकल्न सक्छे। "तिमीहरु जस्तो उमेरमा त सबैलाई बेचेर खानसक्छे तिम्री बहिनीले त" भनेर सबै आफन्तहरु सुनाउछन। हुन पनि निक्कै बाठी छे काली त।
मलाई सबैभन्दा मनपर्ने भनेको उसको गफ सुन्न हो। त्यो सानो मीठो, मसिनो आवाजमा गाउँको र मान्छेहरुको बारेमा सुन्न खुबै मज्जा आउछ। त्यहाँ यस्तो भयो, यहाँ उस्तो भयो, फलानोले येस्तो भन्यो हलानोले येस्तो गर्यो सबै सबै भन्छे। अनि अन्तिममा, "अरु चीजहरु चाँही याद आएपछि भन्छु है दादा"
यो सम्झनासँगै जोडिएर आउने अर्को सम्झना भनेको (पाहुना)घर छोडेर फिर्ता आउनु हो। त्यसरी त घरबाट म कहिल्यै समयमा फर्केको त छैन, तर एक दिन फर्किनु अवश्य पर्छ। अनि हरेक 'त्यो दिन' अगाडिको रात मलिन अनुहार बनाएर बहिनी सोध्छे
"दादा, भोलि नै जनपर्छ र? एकदिन अरु बसे हुन्न?"
मन त गर्छ के जानुभन्या घर छोडेर.........तर.......
"होइन कालु, अब त जानपर्छ। ढिलो हुन्छ नत्र, रेलको टिकेट'नि छुट्छ फेरि।"
"मलाई तपाईंसित कति धेरै कुरो गर्ने मन थियो, नपाईने भयो।"
"के कुरो थियो भनन?""भैगो। गफ गर्न थालेपछि समयको यादै हुँदैन। भोली फेरी तपाईंलाई ढिलो होला। अर्को चोटि आएको बेला भनौला नि त"
घर, गाउँ, ठाउँ छोडेर जन सार्है गार्हो हुन्छ, मलाई। अरुलाईपनि त्यस्तै हुन्छ होला सायद।
निक्कै अप्ठ्यारो हुन्छ त्यो रात। किन फर्कन पर्ने होला, नगएरै बसिदिन्छु जस्तो पनि लाग्छ एक दुई चोटि। तर जिन्दगी यसरी पक्कै चल्दैन। यही मेरो एउटा सान्त्वना हो। मैले बाटो तताउनै पर्छ। जिन्दगीका विवशता भन्नु पर्ला।
पानी रोक्कि सकेछ। झ्याल र ढोकाबाट कोठाभित्र निक्कै पानी आएछ। जे होस्। दोधारमा नपरी घडी हेरे, साढे आठ भएकोछ। pharmacology class छ, ९ बजे। आधा घण्टामा नित्यकर्म गरेर पुग्नै पर्छ।
निक्कै अप्ठ्यारो हुन्छ अब क्लास जान। किन जान पर्ने होला, नगएरै कोठामा सुतिदिन्छु जस्तो एक दुई चोटि लाग्छ। तर पढाई यसरी पक्कै चल्दैन। यही मेरो एउटा सान्त्वना हो। म क्लास जानै पर्छ। पढाई को विवशता..............
PS: मेरी बहिनीलाई मैले काली भनेर बोलाउने गरेपनि, काली त्यस्तो काली छैने। बरु म भन्दापनि बढी गोरी छे। तर घरमा हामी सबै उसलाई काली भनेर बोलाउँछौ।
Thursday, June 21, 2007
Drinking and Driving
I met him almost 2 years back. Then I had just came here and knew very less people and had very very less guys to talk with. And he happend one with whom I could talk in my mother tongue. Being from Bhutan, his command of Nepali as good. He'd come to my seniors' room(Bhutan, Nepal, Sikkim are considered one clique). Though I was staying with other senior, they had class that afternoon.
We talked of many aspects. He was studying engineering in PEC (Pondicherry Engineering College). All of sudden he started talking about Bhutanese refugee in Nepal. Knowing the Bhutanses point of view, I had planned not to talk about this matter here but his points of view were realistic. He knew about them and he knew that they were true bhutanese. then we talked about those people, their life and he predicted Maoist takin benefits of refugee and trying create problem in Bhutan. By ends of 2 years news comes in bits and pieces of news come from about a starting insurgency.
But he is no more. It feels so bad to write but he passed away in a RTA (Road traffic accident). Along with him his pillion rider also passed away.Though no one is sure if they were intoxicated, but the spot of accident says he was drunk (I didn go there,Vishno told me).
Last time I saw him was about 3-4 weeks ago. He'd come here in JIPMER stayed with his Bhutanese friends for about a week. He stayed just 4 rooms next to me, but I didn't talk to him much as most of the time he'd be busy partying.Just some hi and hello was all we talked this time. And that remained the last memoirs of BSA(Bhutanese Students Association) prez of Pondi, for me.
Drinking and Driving, that also a two wheeler is very very dangerous, and when helmets are not mandatory (like here), DnD is just near fatal. Pondi on other hand is known for it 'Thanni' (alcohol in tamil). They dont make helmets necessary for bikers and this type of incidents will just increase. At least in East Coast road some curbs should be imposed as most of the accidents take place there.
Besides administrative means, people also should be conscious. It reminds me of different slogans I read in the Prithivi Highway and other highways back in Nepal. One getting intoxicated, not only his but also many lifes are put in risk.
My request to all ..DONT DRINK AND DRIVE
Tuesday, June 19, 2007
Coffee Guff
In the gone 15 days vacation, the other thing, besides Micro-Paeds-Micro schedule, I did was this Coffee guff. Coffee guff was a column published in Saturdays' Special(aka Koseli) with Kantipur daily. I have been reading Coffee guff since 1996 and it happens to be one of my most enjoyed reading (after Palpasa Cafe, tat also by Narayan Wagle). Even these days I have many in my newspaper archive and still love reading them.
So what i did in this vacation was Translation. Absurd time pass some might say, but do I care?
Anyway..below is a Coffee Guff.....Written by Narayan Wagle and translated by MrRDX.
Ever busy Inchong International Airport, Seoul was very crowded. Reading the flight charts, I enqueued myself in a line. It took time for me to reach the bright faced Korean in the airline counter.
“Aneong haseo”, I greeted her in Korean. When I was just getting lost in her beautiful eyes, she complained , “Your suitcase seems heavier”
“That means?”
“May I weight it?”
“Weigh me?”
“No”. She very sweetly replied “Suitcase”
Her sparkling eyes went to my suitcase. The queue behind me was long. I wont feel good to hear somebody swearing at me for making things late. But when eyes of this 24 aged Korean has stopped, why on the earth should I hurry?
Eleven years back in Seoul, a similar Korean had taught me o eat with a pair of bamboo sticks. I can still feel the soft and gentle touch of the very friendly girl when I was in Seoul National University for one and half month with 12 scribes from 1 different Asian countries.
This girl also has similar hands, finger are very alike. Even the way they move are similar. Some fingers are turning pages of my passport, others were busy arranging boarding pass. I looked at her face. With a pleasant smile she said, “This suitcase is alright” accepting y first bag. “But this bag as hand bag must be heavier”
“It just has a heavy look”
“Can I measure it?”, her eyes were still n my ‘handbag’ed suitcase.
“Ok. Why not?”. I quietly dropped it in the weighing machine. She was checking the scales.
“This has a lots of love letter.” I said.
“Love letters?”
“I cant forget my Korean loves.”
“You must be having lots of friends.”
“I felt ‘No’ looking at your face.”
“Do you feel so?”
“I’m reading your eyes.”
“Oh !! God!” she exclaimed.
“I speak from my heart.”
“I aint that lucky enough.”
“I can read your face clearly.”
“How?”
“Ahh.....”, I was about to say something when another Korean in her counter said something to her, in Korean, aloud. The other women must have been bored by us. Maybe passengers behind me were also getting bored. But things look all right still.
“Ya....” she drew my attention and asked, “What were you saying?”
“I said.......”, I said, “Ya, I said..... you have understood it all”
“I am a bit dumb.” And she continued her fingers in my passport and the boarding pass.
She looked at me. Her curious eyes seemed asking me, “how do I look?”
“Ohh! You are a journalist.” she said. Looking at my passport and continued, “Journos go around many places and meet many people.”
“And forget many people is what you want to add next in your sentence?”
“Clever.”
“But some faces. Believe me, some faces just cannot be erased from head and heart.”
“Ya..... But I aint among such. I aint like that.”
“What are you like then?”
“How can I say how am I like?”
“You are like.....” I was saying something when I noticed some people from my line joined another, maybe because of our chat. A fatso was giving an irritated look from behind. But how can I help them?
“Ha.....ha......ha....ha”, she was laughing. Her teeth were shining. Well creamed and powered cheeks, red dyed hair and body stretching with every stretch of lips. Beautiful figure she had.
I looked behind to see the line changing people, who were just behind me. They were talking something but only thing in my mind was to sleep tight in the fight.
“Gentleman,” she said, reading the scales on the machine, “As I said, your bag comes heavy.”
“By how much?”
“Listen sir,” with her pleasant smile continued, “according to rules of our company, only luggage below 7 kg can be made hand bag.”
“Dear......,” I addressed her after reading the name in the nameplate stuck on the shirt over her chest, “I’ve told you earlier.”
“Love letter?”
“Yes and it must have been what that weighed more.”
“Handling many is tough, you must be knowing.”
“These are from all around the globe. I was here to attend World newspapers’ Associations’ annual conference and obviously paper would become more.”
“And It has got Korean love mixed in it.”
“Ha....ha....ha. Clever man. And just sometime ago, you were trying to add me on your list.”
“If I am allowed.”
“But your bag is already overweight.”
“I just want a letter from your eyes before flying.”
“Ha....ha...ha.”
But her laughter was interrupted. Her friend must have told something. Bringing seriousness in her eyes, “Sorrry. What can I do now?”
“To tell you clearly,” I said, “A laptop is also there.”
“Notebook? It should not have been that heavy.”
“You wanna see? I can unzip it.”
“No...no. don’t trouble yourself.”
“My laptop is an old one, so its heavier.”
“You have a good taste on old things, it seems.”
“Only till I get a new.”
“Even here notebooks lesser than 1 kg were available.” It was me again.
“Why didn’t you buy one?”
“I hail far from this techno world, from the hills.”
“Your spellbinding words say it all.”
“Thank you.”
Her friend interrupted again. A piece of mind was also given, her face suggested.
Trying to hurry she said, “Lets do like this.”
“Lets do like what?”
“I’ll write in this tag.”
“That you love me?”
“Ha..ha...ha..ha...ha...ha.” she gave a laugh, big enough to draw attention from other people. Bringing seriousness again she said, “somebody may enquire you about this heavy handbag in plane. So I will sign in this tag.”
“So I am getting your autograph?”
“Litter it when you land in Kathmandu.”
“Why cannot I keep it with me?”
“You cannot use it next time.”
“I was thinking our relation would last long.”
She was smiling but was again interrupted. Her friend then came to me and said, “sir because of you, the line is getting longer. And its getting late for others.”
“I am sorry.”
Looking at her again I said, “my suitcase consumed your time.”
“But this gave me a chance to talk to you.”she whispered in my ears, making sure her Korean friend wont listen.
“Kamsahida.” I greeted her in Korean.
While I was on the way to immigration office, she was weighing suitcase of another passenger.